 |
Tiplyang |
भुगोलले म्याग्दी अथार मगरात क्षेत्र अन्तर्गत पर्दछ । यहाँको भुगोलको नाम अथार मगरात मगर भाषामा राखिएको पाइन्छ । तर विगतको राज्यसत्ताको कारण यस भुगोलमा बस्ने समुदायहरु मगर भाषा विहिन भएको यथार्थ हाम्रो सामु छ । भाषा विहिन भएर बस्नु भन्दा अब आफ्नो भाषा सिकौं भन्ने जमात बढिरहेको छ । म्याग्दी जिल्ला मगर समुदायको बहुल्य जिल्ला भएतापनि म्याग्दी जिल्लामा भाषा बोल्ने मगरहरु कम छ । म्याग्दीको मालिका गाउँपालिकाका १८ जना शिक्षकहरुलाई मगर खाम भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । यस्तै गरी रघुगंगा गाउँपालिका १ को बेग, बाँदुक र तिप्ल्याङमा र रघुगंगा गाउँपालिकाकै वडा नं. ५ को झिंमा १ महिने मगर खाम भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
 |
Bega |
यो भाषा प्रशिक्षण रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका इकाइ समितिको संयोजकत्व मगर खाम भाषा प्रशिक्षण सुरु भएको हो । पहिलो चरणको १ महिने प्रशिक्षण कार्यक्रम वडा नम्बर १ र ५ मा जेठ १८ गतेदेखि सुरु भयो । वडा नम्बर १ को तिप्लाङस्थित कालिका माविमा शिक्षक ईरादा झाँक्री मगरले प्रशिक्षण दिइरहेका छन् भने बाँदुक गाउँमा अमृत बुढा मगर र बेग गाउँमा राकेश बुढा मगरले प्रशिक्षण दिइरहेका छन् भने वडा नम्बर ५ को झिमा धनप्रसाद घर्ती मगरले प्रशिक्षण दिइरहेका छन् ।
 |
Pratimaya Pun Mgr |
चार स्थानमा सञ्चालन भइरहेको यो खाम भाषा प्रशिक्षण कार्यक्रममा शिक्षक, विद्यार्थी र जनप्रतिनिधिहरु सहभागी छन् । चारै स्थान गरि १८५ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिइरहेका छन् । यस भन्दा अगाडि जेष्ठ १७ गते नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको आयोजनामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा साँगठनिक दायित्व (काम, कर्तव्य र अधिकार) साथै रणनीतिक योजनामा नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया पुन मगर, सूचिकरणको सवाल, भ्रम र यथार्थमा नेपाल पुन मगर समाजका केन्द्रीय सदस्य देव चोचाङी, कार्यक्रममा पुन मगर समाज बारे नेपाल पुन मगर समाजका केन्द्रीय सदस्य टेकबहादुर पुन मगर र मगर समाजका भौतिक र अभौतिक साँस्कृतिक सम्पदा संरक्षणमा हाम्रो भुमिकामा मेजन फगामी मगरले प्रशिक्षण दिएका थिए ।
 |
Tika Purja Mgr |
रघुगंगा गाउँमा हालै गठन भएको नेपाल पुन मगर समाज गाउँपालिकाका अध्यक्ष टिका पुर्जाको अनुसार हामी संगठन र वर्तमानमा समाजमा के भईरहेको छ भन्ने बारे अनभिज्ञ भएको हुँदा प्रशिक्षकहरु मार्फत ती कुराहरु प्रशिक्षण दिनको लागि कार्यक्रम आयोजना भएको हो र यस कार्यक्रमबाट हाम्रो पालिकाका सदस्य तथा ईकाई समितिका पदाधिकारीहरुले धेरै कुरा बुझ्नु भयो भन्ने लागेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने छ भन्नु भयो ।
म्याग्दी जिल्ला मालिका गाउँपालिका र नेपाल पुन मगर समाज मालिका गाउँपालिका इकाई समितिको संयोजकत्वमा १५ दिने निशुल्क मगर खाम भाषा २२ गते पालिकाको वडा नम्बर ७ बिम प्रभुचेला धुरीमा सम्पन्न भयो । शिक्षकहरुलाई प्रशिक्षण प्रशिक्षक कर्णबहादुर बुढा मगरले दिएका थिए । भाषा प्रशिक्षणाको लागि रुकुम तकसेराका कर्णबहादुर बुढा मगर आउनु भएको थियो । उनको खाम भाषामा शब्दकोष प्रकाशित छ । प्रशिक्षणमा सहभागी मगर समुदायले हराउँदै गएको आफ्नै मातृभाषा पुनः सिक्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनीहरुको भनाइमा— हामी हरायौं, तर अबको नयाँ पुस्ताका लागि हामीले केही अभिलेख राख्नैपर्छ भन्ने भनाई राखेका छन् ।
यस भुगोलमा लोप हुन लागेको मगर खाम भाषा संरक्षण गर्ने उद्देश्यले शिक्षकहरुलाई प्रशिक्षण दिइएको कुरा पुन मगर समाज मालिका गाउँपालिकाका अध्यक्ष थमबहादुर पुन मगरले जानकारी दिएका थिए । यहाँका मगर समुदायले आफ्नो भाषा बोल्न छाडिसकेको हुँदा पहिलो चरणमा शिक्षकहरुलाई मगर खाम भाषा प्रशिक्षण दिएर भाषा संरक्षणको प्रयास गरिएको छ । उहाँले भन्नुभयो ।
 |
Dev Chochangi Mgr |
प्रशिक्षण कार्यक्रमको समापन गर्नुहुँदै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा मगरले सबै जातजातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न आफै लाग्नुपर्ने कुरा बताउनु भयो । प्रशिक्षण कार्यक्रमको समापनमा मालिका गाउँपालिका वडा नं. ७ का टकलाल पुन मगर, वडा नं. ३ का अध्यक्ष मोलिप्रसाद बुढा, नेपाल मगर संघ म्याग्दीका सचिव हिरा पुन मगर, नेपाल पुन मगर समाजका अध्यक्ष निरज पुन मगर, सचिव साजन चोचाङी मगर र योग गुरु नविन जुग्जाली पुन मगर सहभागी थिए ।